बागदरबारको संरचनात्मक सुदृढीकरणका लागि सञ्चालनमा रहेको रेट्रोफिट वर्क्स अफ बागदरबार परियोजना तीव्र गतिमा अघि बढिरहेको छ।
परियोजनाका प्रोजेक्ट म्यानेजर प्रबिन सिलवालका अनुसार वि.सं. २०८२ मंसिर १५ गते सम्झौता भएको उक्त परियोजनाको कुल लागत ३६ करोड ९० लाख ८ हजार २३९ रुपैयाँ रहेको छ, जसमा पिएस र भ्याट समावेश गरिएको छैन।
उक्त परियोजनाको ठेक्का गौरी पार्वती निर्माण सेवा, देव गणेश बिल्डर्स र भिजन कन्स्ट्रक्सनको संयुक्त उपक्रम (जेभी) लाई दिइएको हो।
सम्झौताअनुसार परियोजना २०८४ मंसिर १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
लक्ष्यअनुसार काम सम्पन्न गर्न मंसिर १५ गतेदेखि दैनिक ३५ देखि ४० जना कामदार नियमित रूपमा परिचालन गरिएको प्रोजेक्ट म्यानेजर सिलवालले सेतोपाटीलाई जानकारी दिए।
हालसम्म भवनको पुरानो प्लास्टर हटाउने सम्पूर्ण काम सम्पन्न भइसकेको छ भने उत्तरी भागको छतमा रहेको जस्ता र काठको ट्रस हटाउने काम पनि पूरा भइसकेको छ। साथै, भवन भित्रका भित्ताहरू चिपिङ गर्ने तथा पुरानो प्लास्टर हटाउने काम जारी रहेको छ।
आगामी चरणमा भवनको बाहिरी भागमा कार्बन फाइबर र कार्बन ल्यामिनेट प्रयोग गरी सुदृढीकरण गरिनेछ भने भित्री संरचनामा फलामका प्लेट प्रयोग गरिनेछ। काठका बिम र जोइस्टहरू निरीक्षण गरी कुहिएका भाग हटाई नयाँ सामग्री जडान गरिनेछ। प्रत्येक कोठामा एङ्गल, फलामका प्लेट र ब्रेसिङ प्रयोग गरी एंकरमार्फत पूर्ण रेट्रोफिटिङ गरिनेछ।
भवनका केही भागमा गहिरा चिरा देखिएकाले अवस्थाअनुसार ग्राउटिङ विधि अपनाउने वा आवश्यक परे संरचना भत्काई पुनःनिर्माण गर्ने योजना छ।
संरचनात्मक कामपछि पुरातात्त्विक महत्व बोकेको पुरानो बुट्टायुक्त प्लास्टरलाई जस्ताको तस्तै संरक्षण गर्दै पुनःस्थापना गरिनेछ भने भवनको मौलिक स्वरूप र आकृतिमा कुनै परिवर्तन नगरिने स्पष्ट गरिएको छ।
यस परियोजनाअन्तर्गत सम्पूर्ण इलेक्ट्रिकल वर्क्स, पावर पोइन्ट, डाटा, आइटी सिस्टम जडानका साथै स्यानिटरी र फायर फाइटिङ प्रणाली पनि स्थापना गरिनेछ। फायर ट्यांकी निर्माण गरी विभिन्न स्थानमा फायर हाइड्रेन्ट र होज जडान गरिनेछ।
बागदरबारको संरचनात्मक सुरक्षा, ऐतिहासिक स्वरूपको संरक्षण र आधुनिक सुविधा सहितको पुनःस्थापनाका लागि यो परियोजना महत्वपूर्ण मानिएको छ।
तस्बिरहरू:
-1769071945.jpg)
-1769071947.jpg)
-1769071945.jpg)
-1769071944.jpg)
-1769071949.jpg)
-1769071949.jpg)
-1769071949.jpg)
-1769071948.jpg)
-1769071948.jpg)
-1769071947.jpg)
-1769071947.jpg)
-1769071946.jpg)
-1769071946.jpg)
-1769071946.jpg)
-1769071944.jpg)
-1769071944.jpg)
-1769071927.jpg)
-1769071944.jpg)