सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान गरिएको छ।
२५ औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा माघ ९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित प्रभातकालीन विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई नगद सहित प्रशंसापत्र प्रदान गरेका हुन्।
योसँगै उनी चौथो पटक संगठनबाट पुरस्कृत भएका छन्।
हाल उनी सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सह–प्रवक्तको जिम्मेवारीमा रहेका छन्।
यसअघि उनलाई २०७७ सालमा २० औं सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धित उजुरी तथा गुनासोहरूको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो। २१ औं सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्युटीमा उत्कृष्ट कार्य गरे बापत र २४ औं सशस्त्र प्रहरी दिवस २०८ आइजी एएफपी कमेन्डेसन प्रदान गरिएको थियो।
२५ औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) सहित उनी चौथो पटक पुरस्कृत भएका हुन्।
आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका थापा करिब ७ वर्ष मूलधारको पत्रकारिता गरेर २०६४ सालमा सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षक पदमा खुला प्रतिस्पर्धाबाट भर्ना भएका थिए।