हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ। साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
काठमाडौंमा चाहिँ अहिलेसम्म वर्षा भएको छैन।
मौसमविद् विनोद पोखरेलले मंगलबारसम्म पश्चिम नेपालमा हल्का वर्षा भइरहेको र वर्षा गराउने प्रणाली बुधबार गोरखासम्म आइपुगेको बताएका छन्।
यसले बुधबार दिनभरि अधिकांश स्थानमा वर्षा गराउने सम्भावना रहेको उनले बताएका छन्।
बिहीबारदेखि भने केही ठाउँमा बादल लागे पनि मौसम खुल्दै जाने मौसम विभागले जनाएको छ।
तस्बिरहरू:
-1769581856.jpg)
-1769581857.jpg)
-1769581855.jpg)
-1769581851.jpg)
-1769581853.jpg)
-1769581853.jpg)
-1769581855.jpg)
-1769581859.jpg)
-1769581851.jpg)