बिहानदेखि धुम्म परेको काठमाडौं उपत्यकामा अपराह्नमा वर्षा भएको छ।
मौसम पूर्वानुमान अनुसार उपत्यकामा आज दिनभर आंशिकदेखि सामान्य बदली रहने र बीच–बीचमा वर्षा हुन सक्ने जनाइएको छ।
मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन, विशेषगरी सवारी चलाउँदा सावधानी अपनाउन आग्रह गरेका छन्।
मौसमविद् विनोद पोखरेलले मंगलबारसम्म पश्चिम नेपालमा हल्का वर्षा भइरहेको र वर्षा गराउने प्रणाली बुधबार गोरखासम्म आइपुगेको बताएका छन्।
यसले बुधबार दिनभरि अधिकांश स्थानमा वर्षा गराउने सम्भावना रहेको उनले बताएका छन्।
बिहीबारदेखि भने केही ठाउँमा बादल लागे पनि मौसम खुल्दै जाने मौसम विभागले जनाएको छ।
तस्बिरहरू:
-1769594351.jpg)
-1769594351.jpg)
-1769594350.jpg)
-1769594349.jpg)
-1769594347.jpg)
-1769594348.jpg)
-1769594348.jpg)
-1769594349.jpg)
-1769594347.jpg)