पुस शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म लाग्ने एक महिने माधवनारायण मेला सम्पन्न भएको छ।
भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा नेपाल संवत ७२२ मा रणजित मल्लको पालादेखि मान्दै आएको यो मेला यस वर्षका लागि आइतबार बिहान सकिएको हो।
महिना दिनसम्म त्रिवेणीधाममा स्नान गरी माधवनारायण मेला भरे।
व्रतालुले माधवनारायणको पूजापछि होम आहुति, जग्य, अघ्र्य दिई मेला सम्पन्न गरे।
मेलाका क्रममा भक्तपुर नगरस्थित विभिन्न देवालयको परिक्रमा गरी भूपतिन्द्र मल्लको मूर्तिअगाडि तलेजु भवानीलाई इन्द्रकलश चढाएर मेला सम्पन्न गर्ने परम्परा छ।
व्रतालुले महिनाभरि खाली खुट्टा पैदल तीलमाधवबाट तलेजु भवानी, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गर्ने परम्परा छ।
तस्बिरहरूः
-ink-1769916188.jpeg)
-ink-1769916188.jpeg)
-ink-1769916187.jpeg)
-ink-1769916186.jpeg)
-ink-1769916186.jpeg)
-ink-1769916185.jpeg)
-ink-1769916185.jpeg)
-ink-1769916184.jpeg)
-ink-1769916184.jpeg)
-ink-1769916183.jpeg)
-ink-1769916183.jpeg)
-ink-1769916182.jpeg)
-ink-1769916182.jpeg)
-ink-1769916182.jpeg)
-ink-1769916182.jpeg)
-ink-1769916181.jpeg)
-ink-1769916180.jpeg)
-ink-1769916181.jpeg)
-ink-1769916180.jpeg)
-ink-1769916180.jpeg)
-ink-1769916180.jpeg)