त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
बुधबार बिहान १० बजे फ्लाइ दुबईको उडानबाट काठमाडौं आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकट कुद्राते खोदा काजीलाई पक्राउ गरेको एसपी राजकुमार सिलवालले जानकारी दिए।
उनका अनुसार काजीमाथि शंका लागेपछि जाँच गरिएको थियो। उनले सुन तस्करी गरेको पत्ता लागेपछि शौच गर्न लगाएको एसपी सिलवालले बताए।
मलद्वारमा १०० ग्राम सुन लुकाएर भन्सार छल्न खोजेको पत्ता लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।