काठमाडौंको तीनकुने चौर अहिले स्थानीय गतिविधिको केन्द्र बनेको छ।
राजधानी काठमाडौंको एउटा खुला सार्वजनिक स्थलका रूपमा चिनिँदै आएको यहाँ विगतदेखि नै खेलकुद, मेला र सामाजिक जमघट लगायतका विविध गतिविधि हुँदै आएका छन्।
तीनकुने चौरमा पुगेर रोकिने हो भने हरेक दिनजसो यहाँ मेला नै लागे जस्तो देख्न सकिन्छ।
यहाँ विभिन्न खेलकुदका गतिविधि भइ नै रहेका हुन्छन्। कहिले भलिबल, कहिले क्रिकेट खेलिरहेका हुन्छन्।
खेलकुदसँगै यस चौर वरपर मकै पोल्ने, बदाम बेच्ने, चना–चटपटे बेच्ने जस्ता साना व्यवसाय पनि फस्टाएको देख्न सकिन्छ, जसले यहाँको माहोल रोचक बनाइदिएको छ। जाडो मौसममा घाम ताप्दै, मकै बदाम खाँदै खेल हेर्नुको मजा नै बेग्लै छ। अन्तरष्ट्रिय विमानस्थल नजिकैको यो चौरबाट आकाश खुल्दा विभिन्न हिमाल पनि देखिन्छन् भने हवाईजहाजको आवागमनलाई पनि नजिकबाट नियाल्न सकिन्छ।
यसअघि यहाँ मोटरसाइकल तथा गाडी चलाउन सिकाउने अभ्यास समेत हुने गरेको थियो।
तस्बिरहरू:
-1770383292.jpg)
-1770383583.jpg)
-1770383583.jpg)
-1770383291.jpg)
-1770383288.jpg)
-1770383291.jpg)
-1770383291.jpg)
-1770383291.jpg)
-1770383290.jpg)
-1770383290.jpg)
-1770383290.jpg)
-1770383290.jpg)
-1770383290.jpg)
-1770383289.jpg)
-1770383289.jpg)
-1770383289.jpg)
-1770383289.jpg)
-1770383288.jpg)