जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी भुपेन्द्रसिंह ठगुन्नालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
सुर्खेत जिल्ला अदालतबाट पक्राउ अनुमति प्राएपछि खोजतलासको क्रममा खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट ठगुन्नालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए।
२६ वर्षीय ठगुन्ना दार्चुला नौगाड गाउँपालिका वडा नं. २ सुन्डमुन्ड स्थायी घर भई हाल काठमाडौंको रामशाहपथमा बस्दै आएका थिए।
पक्राउपछि उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आफूमाथि बलात्कार भएको भन्दै केही महिनाअघि ७ महिनाकी गर्भवती माइतीघरमा अनसन बसेकी थिइन्।
यी पनि:
आफूमाथि बलात्कार भएको भन्दै ७ महिनाकी गर्भवती ५ दिनदेखि बसिरहेकी छन् अनसन
प्रहरीबाटै बलात्कार भएको भन्दै अनसनरत गर्भवती– अदालतले किन दिएको थियो आरोपीलाई सफाइ?