मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोमबार बेलुकी मकवानपुरको बागमती गाउँपालिका-८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा प्र.३-०२-००५ प १००८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा बकैया गाउँपालिका-८ बस्तिपुरका ४० वर्षीय प्रेमबहादुर गोले छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनी सवार मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो।
दुर्घटनापश्चात गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा राति ९:५० बजे चिकित्सकले मृत घोषणा गरिदिएको थियो।