जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागेकी एक जना महिला खैरो हिरोइनसहित पक्राउ परेका छन्।
लागु औषध नियन्त्रण ब्युरोले एक जना महिलालाई नागढुंगाबाट पक्राउ गरेको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए।
धनकुटा महालक्ष्मी नगरपालिका-७ बस्ने ३० वर्षीया सविना अधिकारीबाट ८८ ग्राम खैरो हेरोइन बरामद भएको छ।
उनी बुधबार राजबिराजबाट काठमाडौंमा बा प्र ००१-००६-ख ७४२० नम्बरको बसमा आउँदै थिइन्।
त्यसक्रममा उनीबाट लागुऔषध फेला परेको हो। अधिकारी भदौ २४ गते भएको जेनजी आन्दोलनमा हिरासतबाट भागेकी थिइन्।
हाल अनुसन्धानका लागि उनलाई प्रहरी वृत्त थानकोटको हिरासतमा राखिएको छ।