अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माका अनुसार जिल्ला अस्पताल अर्घाखाँचीमा तीन महिला र पाल्पा मिसन अस्पतालमा एक जना पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा चालकसहित तीन जना यात्रु रहेका छन्।
उनका अनुसार कास्की पोखरा- १९ मा बस्ने वर्ष ७८ की राममाया बस्नेत, सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वत मोदी गा.पा. ५ मा बस्ने वर्ष ५० की कौशिला रेग्मी र सोही ठाउँ बस्ने ४५ वर्षका चालक रमेश जिसीको मृत्यु भएको हो।
दुर्घटनामा परेकाहरू पर्वत जिल्लाबाट अर्घाखाँचीस्थित सुपादेउराली मन्दिरको दर्शनका लागि आएकाहरू हुन्।
मन्दिरको दर्शनपछि फर्किने क्रममा ध १ ख ५०४ नम्बरका बस दिउँसो पाणिनी गाउँपालिका–८, कुँडेलेबाट झन्डै एक सय मिटरमुनि खसेको थियो।