सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)को इ गभर्मेन्ट प्रोक्यरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्का रकम हेरफेर प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोले तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो।
एसपी दिपकराज अवस्थीका अनुसार ठेक्काको आर्थिक प्रस्ताव खोल्नु अगाडि नै आर्थिक प्रस्तावका डकुमेन्ट हेरफेर गर्ने गरिएको भन्ने उजुरी परेको थियो।
त्यही उजुरीको आधारमा ब्युरोले अनुसन्धान गरी तीन जनालाई पक्राउ गरेको हो। उनीहरूको परिचय भने खुलाइएको छैन।
यसअघि पनि प्रहरीले विभिन्न कम्पनीका ठेकेदारहरूलाई पक्राउ गरेको थियो।