राष्ट्रिय परिचय पत्रसम्बन्धी सेवा आजदेखि पुन: सुरू भएको छ।
गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा ठप्प थियो।
१० दिनमा आज दिउँसोदेखि सेवा पुन: सुरू भएको हो।
वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या आएको थियो।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले वैशाख २३ गते सूचना जारी गरेर राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समस्या आएकोले मर्मत जारी रहेको उल्लेख गरेको थियो। उक्त मर्मत आज सकिएको छ।
इनरोल गर्दा आउने राष्ट्रिय परिचय पत्र नम्बरलाई प्रणालीले मान्यता गर्ने सेवा अवरूद्ध भएको थियो।
यस्तो छ सूचना-
