कीर्तिपुरमा हत्या आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।
बिहीबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार कीर्तिपुरको घटना आरोपीलाई नियन्त्रणमा लिन गोली चलाएको हो।
उनका अनुसार कीर्तिपुर नगरपालिका-१० पोडेटोलका २२ वर्षीय विपिन घिमिरेको हत्या आरोपी सुजन शाहीलाई नियन्त्रणमा लिन गोली चलाइएको हो।
'दुई राउन्ड हवाइ फायर पछी एक राउन्ड खुट्टामा गोली चलाइएको छ,' उनले भने।
वैशाख २३ गते साढे २ बजे कीर्तिपुर नगरपालिका-१० पोडेटोल गार्डन स्थित घिमिरेलाई सुजन शाहीसमेत केही व्यक्तिहरूले ज्यान मार्ने मनसायले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए।
घिमिरेको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो। त्यसपश्चात लुकी छुपी बसेका सुजनलाई नियन्त्रयमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि दाहिने घुँडाको पछाडि गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनलाई कीर्तिपुर नगरपालिका-६ चोभारमा गोली हानेको हो।