विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) नेपालले नेपाली सेनालाई विशेष सम्मान गरेको छ।
विगत ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदर गर्दै डब्ल्युडब्ल्युएफल नेपालले सेनालाई सम्मान प्रदान गरेको हो।
कोषले २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई शून्य शिकार वर्षको रूपमा मनाउन सफल भएकोमा अब्राहम कन्जरभेटिभ अवार्डबाट सेनाका विभिन्न ६ युनिटलाई सम्मान गरेको हो।
जेठ ५ गते डब्ल्युडब्ल्युएफ नेपालको स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच उक्त सम्मान प्रदान गरिएको हो।
२०३२ देखि औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सेना तैनाथ हुँदै आएको छ। हाल हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष र एउटा सिकार आरक्षको संरक्षणमा ८ वटा गण, ७ वटा अनाश्रित गुल्म र १ प्रकृति संरक्षण शिक्षालयबाट गरी करिब ८ हजार भन्दा बढी फौज परिचालित छ।
जसको परिणामस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एक सिंगे गैँडाको संख्या ७५२ वृद्धि भएको छ।
जटिल भौगोलिक बनावट तथा मौसमी प्रतिकुलता एवं विषम परिस्थितिका बाबजुद पनि नेपाली सेनाले सुम्पिएको जिम्मेवारी सफलता पूर्वक सम्पादन गर्दै आइरहेको र यस क्रममा हालसम्म नेपाली सेनाका ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरेको सेनाले जनाएको छ।