साइबर अपराध, लागू औषध दुव्र्यसन, सडक दुर्घटना तथा आत्महत्या न्यूनीकरण र डिजिटल सुरक्षा जस्ता विषयमा सचेतनाका लागि नेपाल प्रहरीले लुम्बिनीमा शान्ति पदयात्रा आयोजना गरेको छ।
लुम्बिनी प्रदेश प्रहरीले प्रविधि, सुरक्षा, शान्ति र सामुदायिक सचेतनालाई जोडेर शान्ति पदयात्रा कार्यक्रम आयोजना गरेको हो।
सोमबार बिहान साढे ६ बजे लुम्बिनी विकास कोष परिसर र विश्व शान्ति दीप अगाडीबाट शुरु गरिएको शान्ति पदयात्रामा प्रहरी महानिरीक्षक दान बहादुर कार्की समेत सहभागी भएका छन्।
शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश सहित आयोजना गरिएको शान्ति पदयात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न सामाजिक संघसंस्था गरि ५ हजार भन्दा बढीको सहभागिता रहेको छ।
शान्ति पदयात्रा पछि सोमबार नै दिउसो तिन बजेदेखि बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आत्महत्या, लागु औषध दुव्र्यसन, सडक दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना हुँदै छ।
सुरक्षित, सचेत, जिम्मेवार र प्रविधिमैत्री समाजको निर्माणका लागि साइबर अपराध, लागु औषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा तथा सामाजिक विकृतिविरुद्ध सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले बताए।
‘ह्याक फर सेफ्टी’ नाम दिएर सनिवार देखि नै सचेतनामुलक कार्यक्रम शुरु गरिएको प्रहरी नायब महानिरीक्षक खत्रीले बताए। उनले आधुनिक सूचना प्रविधिको सदुपयोग गर्दै समुदायलाई सचेत गराउन र शान्ति सुरक्षा, अमन चयन कायम गर्न तीन दिने विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए। ‘शान्ति सुरक्षा, साइबर सचेतना र सार्वजनिक सुरक्षा चुनौतीसँग जुध्न आधुनिक सूचना प्रविधिको सदुपयोग हुन आवश्यक छ,’ खत्रीले भने।
शनिवार देखी बुटवलस्थित प्रहरी तालिम केन्द्रमा सुरु भएको ह्याकाथन ‘ह्याक फर सेफ्टी’ मार्फत साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग तथा प्रहरी सेवासम्बन्धी समस्या समाधानका लागि नवीन उपाय विकास गर्न सहयोग पुग्ने खत्रीले बताए।
तस्बिरहरूः
-1781490943.jpeg)
-1781490942.jpeg)
-1781490943.jpeg)
-1781490942.jpeg)
-1781490943.jpeg)
-1781490942.jpeg)