काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरुलाई असार २४ भित्र पुनर्स्थापना खर्च बुझ्न आग्रह गरेको छ।
अधिकारप्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरेर सुकुम्बासीहरूलाई बुधबारसम्म खर्च बुझ्न भनिएको हो।
त्यसका लागि आवेदन दिएर २२ गतेभित्र कार्यालयमा उपस्थित हुन भनिएको छ। सो अनुसार आवेदन दिने आज अन्तिम दिन हो।
सरकारले सुकुम्बासीहरूलाई पुनर्स्थापना खर्च स्वरूप प्रतिपरिवारलाई पुनर्स्थापनाका लागि २५ हजार दिने भएको छ।
'नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली २०८३ साल असार २४ गतेबाट बन्द हुने भएकाले सो मितिपश्चात प्राप्त हुने निवेदनका आधारमा उक्त रकम भुक्तानी गर्न नसकिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,' सूचनामा भनिएको छ।