काठमाडौं उपत्यकाको मौसम आज दिउँसोदेखि एक्कासि बदली भएको छ।
बिहानको तुलनामा दिउँसो आकाश धुम्म बनेपछि उपत्यकामा दिउँसै साँझ परेजस्तो देखिएको छ।
आकाशमा बादल मडारिनुका साथै उपत्यकाका केही स्थानमा छिटफुट वर्षासमेत भएको छ।
काठमाडौंका विभिन्न स्थानमा सिमसिम पानी परिरहेको भए पनि ठूलो वर्षा भने हुन सकेको छैन। मौसम बदली भएसँगै वातावरणमा चिसोपनसमेत बढेको छ।
हिजो घाम लागेको काठमाडौंमा आज एक्कासि मौसम परिवर्तन भएपछि जनजीवनमा समेत यसको प्रभाव देखिएको छ। धुम्म आकाश र चिसो मौसमले उपत्यकाको वातावरण नै फेरिएको छ।
दिउँसोदेखि नै घाम नदेखिएको र आकाश धुम्म बनेपछि काठमाडौंको मौसमले चिसो बढ्ने संकेत गरेको छ।
तस्बिरहरू:
-1793274983.jpg)
-1793274983.jpg)
-1793274982.jpg)
-1793274982.jpg)
-1793274983.jpg)
-1793274983.jpg)
-1793274982.jpg)
-1793274982.jpg)