जेन–जी आन्दोलनको एक वर्ष पूरा भइरहँदा सुनसरीको इनरुवा क्षेत्रका क्षतिग्रस्त संरचना पुरानै अवस्थामा फर्कन सकेका छैनन्।
गत वर्ष भदौ २४ गते आन्दोलनका क्रममा सुनसरीका विभिन्न पालिकाका भवन, सवारीसाधन तथा कार्यालयका सामग्री तोडफोड तथा आगजनी भएको थियो।
तत्कालीन प्रमुख राजनीतिक दलका कार्यालय र नेताका घरमा क्षति भएको थियो।
सुनसरीको इनरुवा नगरपालिकाका १० वटामध्ये २, ७, ८ र १० बाहेक सबै वडा कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।
तोडफोड र आगजनीपछि नगरपालिका तथा केही वडा कार्यालयहरु टालटुल, मर्मत तथा रंगरोगन गरी कामचलाउ अवस्थामा चलेका छन् भने केही वडा कार्यालय अझै भग्नावशेष छन्। ती वडाले अन्यत्रै कोठा खोजेर काम गरिरहेका छन् ।
प्रदर्शनकारीले इनरुवाका नगरप्रमुख केदार भण्डारीको इनरुवा–५ स्थित निवास र कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको इनरुवा–३ स्थित निवास जलाएका थिए।
भण्डारी खरानी टक्टक्याएर र डढेर कालो भएको ठाउँमा रङ दलेर सोही घरमा बसिरहेका छन्। अन्सारी आफ्नो पुर्ख्यौली थलो फर्किएका छन्।
जेनजी आन्दोलनका क्रममा इनरुवा नगरपालिका भवन, सवारीसाधन तथा ६ वटा वडा कार्यालयमा गरी ९ करोड १० लाख रुपियाँ बराबरको क्षति भएको सूचना अधिकृत निरज पोखरेलले जानकारी दिए।
आन्दोलनका क्रममा राज्यको अतुलनीय क्षति भएको र त्यसको हालसम्म क्षतिपूर्ति हुन नसकेको इनरुवाका नगरप्रमुख भण्डारी बताउँछन्। आन्दोलनका नाममा भएको आगजनी तथा लुटपाटमा संलग्न भएकाहरुलाई कानुनी दायरामा ल्याउने प्रयत्नसमेत नभएकोमा भण्डारीको गुनासो छ। ट्याक्टर, गाडीमा आगजनी हुँदा फोहोरमैला व्यवस्थापन र अन्य सेवा प्रवाह प्रभावित भएको उनले सुनाए।
तस्बिरहरूः
-ink-1789007285.jpeg)
-ink-1789007285.jpeg)
-ink-1789007285.jpeg)
-ink-1789007285.jpeg)
-ink-1789007285.jpeg)
-2-ink-1789007284.jpeg)
-ink-1789007284.jpeg)
-2-ink-1789007284.jpeg)
-ink-1789007284.jpeg)
-2-ink-1789007284.jpeg)
-ink-1789007284.jpeg)
तस्बिरहरू : नवीन गड्तौला /नेपाल फोटो लाइब्रेरी