कैलालीमा नक्कली वन अधिकृत वनेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्लाको कैलारी गाउँपालिका– ४ का २५ वर्षीय दिपेश चौधरी पक्राउ परेका हुन्।
कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार चौधरीले एक युवतीलाई प्रेममा पारी उनका घर परिवारका सदस्य तथा नातेदारलाई नक्कली वन अधिकृत हुँ भनेर ठगी गरेको खुलेको छ।
चौधरीले वन कार्यालयमा जागिर लगाइदिने प्रलोभन देखाएर नक्कली परिचय पत्र तथा नियुक्ति पत्र बनाइ विभिन्न व्यक्तिलाई पनि ठगी गरेको खुलेको छ।
चौधरीलाई प्रहरीले धनगढी उपमहानगरपालिका – १ स्थित डिभिजन वन कार्यालय सडक खण्डबाट पक्राउ गरिएको डिएसपी तिमिल्सिनाले जानकारी दिए।
उनी माथि ठगी कसुरमा मुद्दा दर्ता गर्ने गरी अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।