मुग्लिन-नारायणघाट सडक एकतर्फी भएको छ।
शुक्रबार बिहान साढे ७ बजे उक्त सडक खण्डको १५ किलोमा सडकमाथिबाट लेदो खसेपछि सवारी आवागमन प्रभावित भएको हो।
अहिले एकतर्फी रूपमा मात्रै सवारी साधन सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
लेदो हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा आउन एकदेखि डेढ घन्टा लाग्ने पनि कार्यालयले जनाएको छ।