रूपन्देही प्रहरीले सार्वजनिक स्थानमा अश्लील नृत्य पर्दशन गरेको आरोपमा २ जना महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका – ७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेको रुपन्देहीका प्रहरी प्रबक्ता डिएसपी कुष्णकुमार चन्दले बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिका – १० महिलावार बजारबाट मध्यराति ती दुई जनालाइ नियन्त्रणमा लिइएको थियो।
सार्वजनिक स्थानमा देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचार प्रतिकूल अश्लील नृत्य प्रस्तुत गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिनु परेको जनाएको छ।
प्रहरीले पक्राउ परेका दुबै विरूद्ध ‘सार्वजनिक हित र नैतिकता विरुद्धको कसुर’मा अनुसन्धान भइरहेको जनाएको छ।