थापाथलीको चोकमा ट्राफिक आइल्याण्ड बनिरहेको छ।
चोकको बीचमा केही साताअघि देखि ट्राफिक आइल्याण्ड बनिरहेको छ।
सुरक्षा निकाय र सम्बन्धित सरकारी कार्यालयहरूको संयुक्त पहलमा बनिरहेको यो नयाँ संरचनालाई विशेष आकर्षणका साथ मौलिक शैलीमा तयार पारिएको छ।
यसको पर्खाल परम्परागत शैलीको इँट्टा प्रयोग गरेर लगाइएको छ भने यसमा आकर्षक तथा बुट्टेदार परम्परागत पिलरहरू राखिएको छ।
अझै व्यवस्थित र प्रविधिमैत्री बन्दै गरेको यस ट्राफिक आइल्याण्डको निर्माणले थापाथली क्षेत्रको यातायात व्यवस्थापनलाई सहज बनाउनुका साथै यसको सौन्दर्यलाई समेत थप झल्काएको छ।
थापाथलीको ट्राफिक आइल्याण्ड गत वर्षको जेन्जी आन्दोलन क्रममा तोडफोड र आगजनी भएको थियो।
तस्बिरहरूः
-ink-1790157093.jpeg)
-ink-1790157093.jpeg)
-ink-1790157093.jpeg)
-ink-1790157093.jpeg)
-ink-1790157092.jpeg)
-ink-1790157092.jpeg)
-ink-1790157092.jpeg)