काठमाडौंबाट २१ किलो सुनसहित तीन जना पक्राउ परेका छन्।
काठमाडौंको बुढानीलकण्ठबाट सो परिमाणको सुनसहित प्रहरीले बिहीबार तीन जनालाई पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपाली र चिनियाँ नागरिक रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
यसबारे प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने जनाएको छ।