काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।
मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पको केन्द्रबिन्दु, तीव्रता र गएको समयबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रबाट आधिकारिक विवरण प्राप्त हुन बाँकी छ।
भूकम्पबाट भएको सम्भावित क्षतिबारे पनि विवरण प्राप्त भएको छैन।