सिभिल ड्रेसमा एक टोली प्रहरी नयाँ पत्रिकाको कार्यालयमा पुगेको छ।
शुक्रबार साँझ आफू प्रहरी भन्दै एक टिम पत्रकार नवराज मैनालीलाई खोज्दै कार्यालयमा आइपुगेका हुन्।
नयाँ पत्रिकाको पत्रकार यम बमले अपराध अनुसन्धान अर्थात सुरक्षा विषयमा लेख्ने पत्रकार नवराज मैनालीलाई खोज्दै प्रहरी आइपुगेको बताए।
'पत्रकार मैनालीलाई खोज्दै प्रहरी हुँ भन्दै एक टिम आइपुगेका छन्,' नयाँ पत्रिकाको पत्रकार यम बमले भने, 'तत्काल उहाँ कार्यालयमा नभएकाले छलफल भइरहेको छ।'