काठमाडौं महानगरपालिकाले तिहारमा फूल तथा फूलका माला बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न स्थान तोकेको छ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको हो।
महानगरले प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न पनि व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई अनुरोध गरेको छ। प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने सूचनामा उल्लेख छ।
महानगर प्रहरी बलले नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाहरू सरोकारवाला निकायसँगको समन्वयमा बिक्री वितरणका लागि विभिन्न स्थान तोकेको जनाएको छ।
महानगरले नयाँ बानेश्वर, शंखमुल, मध्य बानेश्वर, तिनकुने, सिफल, चाबहिल, कालिमाटी, कलंकी, नयाँ बजार र माछापोखरीलगायत क्षेत्रमा बिक्रीस्थल तोकेको छ।
त्यस्तै हाँडीगाउँ, सामाखुसी, महाराजगञ्ज, गोंगबु, चप्पल कारखाना, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा, न्यूप्लाजा, लगन, जैसीदेवल र भूतखेलिमण्डप क्षेत्रमा पनि फूल बिक्री गर्न सकिनेछ। महानगर प्रहरी बलले तोकिएका स्थानमा फूल बिक्री वितरणका लागि आवश्यक सहजीकरण गर्ने जनाएको छ।
महानगरले तोकेका बिक्रीस्थलहरू:
- नयाँ बानेश्वरस्थित एनबी सेन्टर
- शंखमुलस्थित बिगमार्ट
- नयाँ बानेश्वरस्थित आईप्लेक्स मल
- मध्य बानेश्वरस्थित सेल्सबेरी
- बत्तीसपुतलीस्थित फोनिक्स टावर
- तिनकुने चौर
- सिफल चौर
- चाबहिलस्थित एसी कम्प्लेक्स
- चाबहिल गणेशस्थानको तरकारी बजार
- चाबहिलस्थित केएल टावर अगाडि
- स्वयम्भूस्थित धर्मचक्र पार्क
- कालिमाटी ब्यांक्वेट
- कालिमाटी चौबल
- कलंकीस्थित भाटभटेनी
- नयाँ बजारस्थित भ्याली कोल्ड स्टोर
- माछापोखरीस्थित बुद्ध महल र गुणस्तर खाल्डो
- हाँडीगाउँ वडा नम्बर ५ को अगाडिको डबली
- हाँडीगाउँ वडा नम्बर ५ को गणेश मन्दिर डबली
- सामाखुसीस्थित कोइराला स्मार्ट
- महाराजगञ्जस्थित सेल्सबेरी
- गोंगबुस्थित बिगमार्ट
- चप्पल कारखानास्थित बिगमार्ट
- बालुवाटारस्थित बिगमार्ट
- कमलादीस्थित आईटी बिल्डिङ
- पुतलीसडकस्थित स्टार मल
- अनामनगरस्थित भाटभटेनी
- टेवहाल मन्दिर परिसर
- सुन्धारास्थित काठमाडौं मल
- न्यूप्लाजास्थित बज्र कम्प्लेक्सको गुडमार्ट
- लगन
- जैसीदेवल
- भृकुटीमण्डप
-1793679903.jpeg)