सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरूचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार दुर्घटनामा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आज बिहान करिब ८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा आगलागी नभएको र घाइतेलाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लुक्ला पठाइएको प्रहरीले जनाएको छ।