तिहार नजिकिएसँगै काठमाडौंको पुरानो व्यापारिक केन्द्र असन बजारमा चहलपहल बढेको छ।
तिहारका लागि आवश्यक सामग्री किनमेल गर्ने सर्वसाधारणको भीडले असन बजार व्यस्त छ।
बजारका पसलहरूमा पूजाका सामग्री, टीका, माला, फूल, दियो, धूप, बत्ती, भाइमसला लगायत तिहारमा प्रयोग हुने सामग्री सजाएर राखिएका छन्। ती सामग्री किन्न बिहानैदेखि साँझसम्म ग्राहकहरूको भीड लाग्ने गरेको छ।
काठमाडौंको ऐतिहासिक बजार असन घरायसी तथा दैनिक उपभोगका सामानका लागि पुरानै समयदेखि परिचित छ। विभिन्न चाडपर्वका बेला यहाँ किनमेल गर्नेहरूको चहलपहल अझ बढ्ने गर्छ।
तिहारको आगमनसँगै असनका साँघुरा गल्ली र सडकमा किनमेल गर्ने, सामान छान्ने र मोलमोलाइ गर्नेहरूको भीड देखिन्छ। चाडपर्वको रौनकसँगै असन बजारमा तिहारको उत्साह पनि छाएको छ।
-1793938083.jpg)
-1793938084.jpg)
-1793938084.jpg)
-1793938084.jpg)
-1793938084.jpg)
-1793938084.jpg)
-1793938083.jpg)
-1793938083.jpg)
-1793938083.jpg)
-1793938083.jpg)
-1793938083.jpg)
-1793938082.jpg)
-1793938082.jpg)
-1793938082.jpg)
-1793938081.jpg)
-1793938082.jpg)
-1793938081.jpg)
-1793938081.jpg)
-1793938081.jpg)
-1793938080.jpg)
-1793938080.jpg)