गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ साम्दो-लार्के बजार पारिपट्टि क्षेत्रमा शुक्रबार सुक्खा पहिरो खसेर रेमुनाङ खोला थुनिएर ताल बनेको छ।
पहिरोले खोला थुनिएर ताल बनेको र तालबाट पानी बगिरहेकोले तत्काल धेरै जोखिम नदेखिएको जानकारी प्राप्त भएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले सेतोपाटीलाई बताए।
रेमुनाङ बूढीगण्डकीको सहायक खोला हो।
पहिरोले खोला थुनिएर ताल बनेकोले उक्त ताल जुनसुकै बेला फुट्न सक्ने र तटीय क्षेत्रमा असर गर्न सक्ने भएकोले सावधानी अपनाउन आग्रह गरिएको छ।
सामागाउँका धार्के हिराचनका अनुसार रेमुनाङ खोलामा पानी भने बगिरहेको छ।
‘खोलामा पानी बगिरहेको छ तर पहिरोले गर्दा ठूलै ताल सिर्जना भएको हुँदा अचानक फुट्न सक्छ, सचेत रहनुपर्छ,’ उनले भने।
रेमुनाङ बूढीगण्डकीको नुब्रीतर्फको सहायक खोला हो।
गत असोज २५ गते पनि बूढीगण्डकीको चुमतर्फको उङ्गिलुङ-स्यार खोलामा बाढी आउँदा घरटहरा, पुल, सडक, पदमार्गलगायत बगाएको थियो।
तस्बिरहरू-




तस्बिर स्रोत- मिङ्मा लामा।