यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार मनाइँदैछ।
आजको दिन कुकुरलाई मिठो मसिनो खान दिने र उनीहरूको पुजा गरेर माला लगाइदिने प्रचलन छ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।
त्यसैले आज हिन्दु धर्मावलम्बीहरूले घर घरमा कुकुरको पुजा गरिरहेका छन्।
घरमा कुकुर नभएकाहरूले पनि सडकका कुकुरहरूलाई मिठो मसिनो खुवाउँछन्।
सशस्त्र प्रहरी बलले पनि आज कुकुर तिहार मनाएको छ।
काठमाडौंको बलम्बूस्थित ब्यारेकमा कुकुरको कलाकौशल प्रदर्शन गरी कुकुर तिहार मनाएको हो।
तालिमप्राप्त कुकुरहरूले आधारभूत अनुशासन, सुरक्षा जाँच, विपदमा उद्धार र ट्र्याकिङको प्रदर्शन गरिएको थियो।
सशस्त्र प्रहरी बलको पशु स्वास्थ्य तथा डग ह्याण्डलर गुल्ममा राखिएका तालिमप्राप्त कुकुरहरूलाई कलाकौशल प्रदर्शनमा सहभागी गराइएको थियो।
यो गुल्ममा अहिले ३० वटा कुकुरको दरबन्दी रहेको सशस्त्र प्रहरी नायब निरीक्षक प्रदीप थापा बताउँछन्।
कलाकौशल प्रस्तुतपछि कुकुरहरूलाई टीका, माला लगाएर पूजा गरिएको थियो।
तस्बिरहरू:
-ink-1794110976.jpeg)
-ink-1794110977.jpeg)
-ink-1794110977.jpeg)
-ink-1794110977.jpeg)
-ink-1794110977.jpeg)
-ink-1794110977.jpeg)
-ink-1794110976.jpeg)
-ink-1794110978.jpeg)
-ink-1794110978.jpeg)
-ink-1794110978.jpeg)
-ink-1794110978.jpeg)
-ink-1794110978.jpeg)
-ink-1794110978.jpeg)
-ink-1794110979.jpeg)
-ink-1794110979.jpeg)