नवलपरासीपूर्वमा गाडी र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा अरू १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी अनिल पण्डितका अनुसार डण्डाबाट सर्दीतर्फ गइरहेको पिकअप गाडी र विपरीत दिशाबाट आइरहेको ट्याक्टर एकापसमा ठोक्किँदा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको हो।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
उनीहरूलाई उपचारका लागि चितवन पठाइएको छ।