बाजुरामा बिहीबार बाघको आक्रमणबाट घाँस काट्न गएका दुई महिला घाइते भएका छन्।
जिल्लाको बुढीगंगा नगरपालिका – १० सिगाडाकी ५५ बर्षीया खन्टी साउद र ३५ वर्षीया बसु साउद बाघको आक्रमणबाट घाइते भएका छन्।
स्थानीय घोडा धपाउने घाँसे मेलामा घाँस काट्ने क्रममा बिहान ९ बजेतिर बाघले आक्रमण गरी उनीहरुलाई घाइते तुल्याएको छ।
प्रहरीका अनुसार खन्टीको बाँया हात, बासु साउदको दुवै खुट्टामा चोट बाघको आक्रमण बाट घाउ खतहरु लागेका छन्।
दुवै जना घाईतेलाई उपचारका लागि बयलपाटा प्रादेशिक अस्पताल अछाम पठाएको प्रहरीले जनाएको छ।