दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन विधाका विभिन्न स्पर्धा सम्पन्न भएका छन्। मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार शुक्रबार आठ विधामा प्रतिस्पर्धा भएको हो।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले चार स्वर्ण पदक जितेको छ।
पुरुषतर्फ एमएपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सुमन राईले स्वर्ण पदक जिते। बागमतीका सबिन चौलागाईंले रजत तथा लुम्बिनीका रेशम रानाले कांस्य पदक प्राप्त गरे।
त्यस्तै, एमएपी (१७० भन्दा माथि) विधामा सशस्त्र प्रहरी बलका अनुपविक्रम बिष्टले स्वर्ण जिते। लुम्बिनीका ईश्वर पुनले रजत तथा गण्डकीका यमन्त गुरुङले कांस्य पदक हात पारे।
एमएसपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सृजन महर्जनले स्वर्ण पदक जिते। त्रिभुवन आर्मीका ज्ञानेश्वर चौधरीले रजत तथा बागमतीका राज शाहीले कांस्य पदक प्राप्त गरे।
एमएसपी (१७० भन्दा माथि) विधामा त्रिभुवन आर्मीका पुकार शाक्यले स्वर्ण जिते। नेपाल प्रहरीका प्रनेश श्रेष्ठले रजत तथा बागमतीका रिजनकुमार श्रेष्ठले कांस्य पदक हात पारे।
महिलातर्फ डब्लुएपी विधामा बागमतीकी उर्मिला श्रेष्ठले स्वर्ण पदक जितिन्। त्रिभुवन आर्मीकी सृजना घिसिङले रजत तथा गण्डकीकी आशा चौधरीले कांस्य पदक प्राप्त गरिन्।
वुमेन्स वेलनेस (१७० भन्दा कम) विधामा त्रिभुवन आर्मीकी शिवानी लामाले स्वर्ण पदक जितिन्। गण्डकीकी विपना कुमालले रजत तथा लुम्बिनीकी पुनम सुनारले कांस्य पदक प्राप्त गरिन्।
मेन्स क्लासिक बडीबिल्डिङ विधामा त्रिभुवन आर्मीका अनिश रसाइलीले स्वर्ण जिते। लुम्बिनीका बिजेन्द्रमान श्रेष्ठले रजत तथा मधेशका हरिनारायण साहले कांस्य पदक हात पारे।