नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्यो।
नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो।
नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिए। रोहितले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए।
नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।
अब नेपालले दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार खेल्नेछ।
तस्बिरहरू:
-1707390203.jpg)
-1707390203.jpg)
-1707390204.jpg)
-1707390205.jpg)
-1707390206.jpg)
-1707390205.jpg)
-1707390204.jpg)
-1707390207.jpg)
-1707390208.jpg)
-1707390207.jpg)
-1707390209.jpg)
-1707390212.jpg)
-1707390211.jpg)
-1707390210.jpg)
-1707390210.jpg)