तेस्रो एकदिवसीय खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि क्यानडाले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका कुशल मल्लले तेस्रो विकेट लिन सफल भएका हुन्। उनले निकोलास किर्टोनलाई ३ रनमा आउट गरे।
कुशलले ६ ओभरमा १ मेडन राख्दा १९ रन दिएका छन् १ विकेट लिएका छन्।
क्यानडाले १८.१ ओभरमा ३ विकेट गुमाउँदा ७४ रन जोडेको छ।
नेपालका लागि आकास चन्दले दोस्रो विकेट लिए। उनले क्यानडाका श्रीमन्था विजेरत्नेलाई २२ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए। यससँगै नेपालले क्याडनाको ४८ रनको साझेदारी तोड्यो।
त्यसअघि नेपालले तेस्रो ओभरमै पहिलो विकेट लियो। नेपालका लागि हेमन्त धामीले आरोन जोनसनलाई ४ रनमा देव खनालबाट क्याच गराए।
खेलमार्फत् हेमन्तले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्। उनी नेपाली टिमबाट एकदिवसीय खेल खेल्ने ४१औं खेलाडी बनेका छन्।
![tram-neplkh-1707708157.jpg](https://www.setopati.com/uploads/posts/tram-neplkh-1707708157.jpg)
यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज जितिसकेको छ।
फागुन पहिलो सातादेखि सुरु हुने आइसिसी विश्वकप लिग-२ को तयारीका लागि नेपालले क्यानडासँग सिरिज खेलेको हो।
कीर्तिपुर मैदानमा हुने लिग-२ को सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।