एसिया कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर-४ को खेलमा भारतले पाकिस्तानमाथि अर्को सहज जित निकालेको छ। दुबईमा आइतबार राति सकिएको खेलमा भारत ६ विकेटले विजयी भयो।
पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
भारतका लागि ओपनर अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ७४ रन जोड्दा शुभमन गिलले २८ बलमा ४७ रन बनाए।
तिलक बर्माले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ३० रन जोडे।
त्यसअघि टस जितेको भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १७१ रन जोड्यो।
पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले ४५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। त्यस्तै फखर जमानले ९ बलमा १५ रन, सइम अयुबले १७ बलमा २१ रन र फहिम असरफले ८ बलमा नटआउट २० रन बनाए।
बलिङमा भारतका शिवम् दुवेले २ विकेट लिए भने हार्दिक पाण्ड्या र कुलदिप यादवले १-१ विकेट लिए। सुपर-४ मा यसअघि बंगलादेशले श्रीलंकालाई हराएको थियो। भारतले यसअघि समूह चरणमा पनि पाकिस्तानलाई हराएको थियो।