त्रिवि मैदानमा नेपालले अमेरिकाविरूद्ध बलिङ गरिरहेको छ।
टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ।
३४ ओभर सकिँदानेपालले ५ विकेट लिएको छ भने अमेरिकाले १७१ रन बनाइसकेको छ।
सोमपाल कामीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिएका छन्।
नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ को अङ्क तालिकामा नेपाल सातौं स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै ११ वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनु आवश्यक छ।
त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ।
नेपाल अहिले २५ खेलपछि आठमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै १८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ।
साथै अमेरिका २५ खेलबाट १८ मा जित, सातमा हारसँगै ३६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ।
स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र ६ वटा खेल अनिर्णित हुँदा कूल ३८ अंक जोडेको छ।
तस्बिरहरूः







