अमेरिका विरूद्धको खेलमा ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।
त्रिवि मैदानमा अमेरिका विरूद्ध १९६ रनको लक्ष्य पछ्याउने क्रममा भुर्तेलले ३३ औं ओभरको तेस्रो बलमा शतक पूरा गरेका हुन्।
उनले १०४ बलमा १२ चौका र ३ छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन्।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो दोस्रो शतक हो।
३३ ओभरको समाप्तीमा एक विकेटको क्षतिमा १६९ रन बनाएको छ।
अर्का ओपनर आशिफ शेखले पनि अर्धशतक बनाएका थिए।
उनले ७२ बलमा ५८ रन बनाएका थिए।
अहिले इशान पाण्डेले कुशललाई साथ दिइरहेका छन्।
इशानको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो खेल हो।