इशान पाण्डेले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएका छन्।
स्कटल्याण्डविरूद्धको खेलमा इशानले अर्धशतक बनाएका हुन्।
उनी ६१ बलमा ५५ रन बनाउँदै आउट हुन पुगे।
त्यस क्रममा पाण्डेले ५ चौका र २ छक्का प्रहार गरेका थिए।
इशानले त्रिवि मैदानमा जारी लिग-२ अन्तर्गतको सिरिजमा अमेरिका विरूद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका हुन्।
अमेरिका विरूद्धको खेलमा पनि उनले ३० बल खेलेर २० रन बनाउँदै नट आउट रहे।
इशानले सन् २०१९ मा टी-२०आई डेब्यू गरेका थिए। उनले ४ टी-२०आई खेलेका छन् ।
घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेपछि उनी एकदिवसीय टोलीमा परेका थिए।