विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ।
शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ३१७ रनको लक्ष्य दिँदा अमेरिका १९५ रनमा अमेटिएको हो।
अमेरिका ४१.२ ओभरमै अलआउट भएको हो।
बलिङमा नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिएका छन्।
ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, र गुलशन झाले दुई-दुई विकेट लिएका हुन्।
सोमपाल कामीले भने एक विकेट लिएका हुन्।
ब्याटिङ तर्फ नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए।
उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरे। जारी सिरिजमा अमेरिका विरूद्धको पहिलो खेलबाट डेब्यू गरेका इशानले दोस्रो अर्धशतक प्रहार गरेका हुन्।
दिपेन्द्र सिंह ऐरी ५९ रन प्रहार गरी नट आउट रहे। उनले ५९ बल खेलेर ४ चौका र ४ छक्का प्रहार गरे।
कप्तान रोहित पौडेलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरी ४६ रन जोडे। ओपनर आशिफ शेखले ५७ बलमा ६ चौका प्रहार गरी ४३ रन जोडे।
अर्का ओपनर कुशल भुर्तेलले ३९ बलमा ५ चौका प्रहार गरी २९ रन बनाए। गुल्सन झाले १५ रन बनाउँदा आरिफ शेख १८ रन बनाएर नट आउट रहे।
बलिङतर्फ अमेरिकाका लागि शुभम रन्जणेले ३ विकेट लिए। रशिल उगारकर र मिलिन्ड कुमारले एक/एक विकेट लिए।
नेपालले पहिलो खेलमा अमेरिकालाई ९ विकेटले हराएको थियो।