एसिसी वुमन्स प्रिमियर कपमा नेपालले कतारमाथि ८ विकेटको जित निकालेको छ।
मलेसियामा बुधबार भएको खेलमा पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रनमा अलआउट भयो।
उसका लागि ओपनर चन्दीरुले २५ रन बनाइन्। अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा नेपालकी रुबिना क्षेत्रीले ३ विकेट लिँदा पूजा महतो, कविता कुवर र रिया शर्माले एक एक विकेट लिए।
७७ रनको लक्ष्य १०.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि विन्दू रावलले ३३ रन र पूजा महतोले नटआउट २८ रन बनाए।
नेपालले अब भुटान र हङकङसँग खेल्नेछ।