तवन राइनोजले नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि सात खेलाडीलाई रिटेन गरेको घोषणा गरेको छ।
फ्रेन्चाइजले निरन्तरता, स्थायित्व तथा दीर्घकालीन सफलतालाई केन्द्रमा राख्दै टोलीको बलियो आधार कायम राख्ने उद्देश्यका साथ खेलाडीहरूलाई रिटेन गरेको हो।
रिटेन गरिएका खेलाडीहरू:
• कुशल मल्ल
• देव खनाल
• कमल सिंह ऐरी
• अर्जुन साउद
• रिजन ढकाल
• रञ्जित कुमार
• दीपक बोहोरा
कुशल मल्लको नेतृत्व क्षमता, अन्तर्राष्ट्रिय अनुभव तथा खेल जिताउने क्षमताले टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
देव खनाल र अर्जुन साउद नेपाली क्रिकेटका सम्भावनाशील युवा खेलाडीका रूपमा स्थापित भइरहेका छन् भने कमल सिंह ऐरीको अलराउण्ड क्षमता टोलीका लागि महत्वपूर्ण रहनेछ।
त्यसैगरी रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहोराले आफ्नो निरन्तर प्रदर्शन, मेहनत र समर्पणमार्फत टोली व्यवस्थापनको विश्वास जितेका छन्।
चितवन राइनोज व्यवस्थापनले बलियो कोर समूहलाई निरन्तरता दिनु आगामी सिजनको सफलताका लागि महत्वपूर्ण कदम भएको बताएको छ।