इंग्लिस प्रिमियर लिगमा आइतबार राति सन हेउन मिनले पाएको रातो कार्डमा टोटनह्यामले अपिल गरेको छ।
आइतबार टोटनह्यामविरुद्धको खेलमा एभर्टनका मिडफिल्डर आन्द्रे गोमेज गम्भिर घाइते भएका थिए।
टोटनह्यामविरुद्धको खेलमा गोमेज दोस्रो हाफमा गम्भिर घाइते हुँदा स्टेचरमा राखिएर मैदान बाहिर निकालिएको थियो।
उनलाई टोटनह्यामका दक्षिण कोरियाली स्ट्राइकर सन हेउन मिनले ट्याकल गरेका थिए।
ट्याकलका कारण पोर्चुगिज मिडफिल्डर गोमेजको दाहिने खुट्टाको गोलिगाँठो भाँच्चिएको थियो। उनको सोमबार शल्यक्रिया गरिएको छ।
७९ मिनेटमा सनलाई पहिले पहेँलो कार्ड दिएको थियो।लगत्तै पहेँलो कार्ड परिवर्तन गर्दै रातो कार्ड दिएको थियो।
तर टोटनह्यामले सनले नियतवश फल नगरेको बताउँदै अपिल गरेको हो।
टोटनह्यामका प्रशिक्षक माउरिसियो पेचेटिनोले भनेका छन्,'सनले नियतवस खेलाडीलाई लडाएका थिएनन्। उनको ट्यालपछि भएको घटना दुखद हो। तर रातो कार्ड दिनु पनि अविश्वसनीय हो। भिएआर हेरेर निर्णय लिनु पर्थ्यो।'
अपिल सफल नभएमा सनले प्रिमियर लिगका ३ खेल गुमाउनेछन्।