कोरोना भाइरसका कारण स्थगित भएको स्पेनिस ला लिगा जुन दोस्रो सातादेखि सुचारू हुने भएको छ। यसअघि जुन ८ मा गर्ने भनिएपछि १२ जुनको खेल तालिका प्रकासित गरिएको छ।
सो दिन डर्बी भिडन्तमा सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ। लिग १९ जुलाईमा अन्त्य गर्नका लागि ला लिगाले प्रयास गरिरहेको छ।
कोरोनाभाइरसका कारण ला लिगा गत मार्च १२ देखि अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
ला लिगाका खेलाडीहरुले तीन साताअघि देखि अभ्यास थालेका थिए।
अभ्यासअघि गरिएको कोरोनाको परिक्षणमा पाँच खेलाडीमा संक्रमण भेटिएको थियो।
ला लिगाले कडा मेडिकल प्रोटोकल पालान गरेर लिग खेलाउने तयारी गरेको छ। खाली रंगशाला हुने खेलमा स्टाफ र खेलाडीहरूले ती नियम पालना गर्नु पर्नछ।
लिगले आगामी सिजनको लिगको मिति समेत सार्वजनिक गरिएको छ। ला लिगाका अनुसार आगामी सिजनको लिग १२ सेप्टेम्बरबाट सुरु हुनेछ।