दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ च्याम्पियनसिप २०२० स्थगित गर्ने निर्णय गरेको छ।
बंगलादेशमा आगामी १९ देखि ३० सेप्टेम्बर हुने तय प्रतियोगिता कोरोना भाइरसका कारण स्थगित गरिएको हो।
प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित गरिएको छ।
साफको सोमबार जुममार्फत बसेको बैठकमा नेपालको तर्फबाट महासचिव इन्द्रमान तुलाधर सहभागी भएका थिए।
साफ यु-१५ च्याम्पियनसिप, साफ यु-१५ महिला च्याम्पियनसिप र साफ यु-१८ महिला च्याम्पियनसिपको विषयमा सेप्टेम्बरको सुरुवातमा बस्ने बैठकमा निर्णय गर्ने जनाइएको छ।