नवल गुरुङ अमेरिकाको फ्लोरिडास्थित फुटबल टिमको निर्देशक नियुक्त भएका छन्।
लन्डनका स्थायी बासिन्दा गुरुङ आबद्ध क्लब फ्लोरिडामा स्थापना गर्न लागिएको अर्धव्यवसायिक फुटबल टिम हो। यद्यपी क्लबको नाम अहिले सार्वजनिक गरिएको छैन।
गुरुङले क्लबको निर्देशकमा नियुक्त भएको पुष्टि गर्दै भनेका छन्,'टिम हाललाई अर्धव्यवसायिक हो। भविष्यमा व्यवसायिक बनाउने योजना छ।'
उनले निर्देशकको रुपमा काम गर्न पाउदा उत्साहित भएको बताएका छन्।
यसअघि उनी सन् २००९ मा नेपालको ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबको प्रशिक्षक नियुक्त भएका थिए। त्यसपछि उनले नेपाली यु२३ राष्ट्रिय टिमको फिजियोको रुपमा काम गरेका थिए। उनले एएफसी यु२२ च्याम्पियनसिप छनोटमा नेपाली टिमका लागि काम गरेका थिए।
त्यसपछि उनले इंग्लिस फुटबल क्लब फुलह्याम काम गर्ने अवसर पाए। गत वर्ष अमेरिका जानुअघि उनले फुलह्यामको एकेडेमीमा फिजियोको रुपमा ९ वर्ष काम गरेका थिए। त्यसक्रममा उनले प्रिमियर लिग र च्याम्पियनसिपको अनुभव बटुलेका थिए।
त्यसपछि उनी अमेरिकाको फ्लोरिडामा किनेसियोलोजी र एक्सरसाइज साइन्समा मास्टर्स पढ्न गएका थिए।