स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार सुरावात गरेको छ। बार्सिलोनाले आइतबार भएको खेलमा भिल्लारियलमाथि ४-० गोलको जित निकालेको हो।
बार्सिलोनाको जितमा अन्सु फातीले दुई गोल गरे भने एक गोल मेसीले गरे।
खेलको १५ मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। फातीले १९ मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारे।
फातीले पहिलो गोल जोर्डी अल्बाको पासमा गरेका थिए। फातीका लागि दोस्रो गोलका लगि काउटिन्होले पास उपलब्ध गराएका थिए।
३५ मिनेटमा फातीलाई नै भिल्लारियलका खेलाडीले फल गरेपछि बार्सिलोनाले पेनाल्टी पायो। पेनाल्टीमा लिओनल मेसीले गोल गरे।
४५ मिनेटमा भिल्लारियलका टोरेशले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ४-० ले अघि बढ्यो। यद्यपी दोस्रो हाफमा कुनै गोल हुन सकेन।
लिगका अन्य खेलमा एट्लेटिको म्याड्रिडले ग्रानडालाई ६-१ गोलले पराजित गर्यो। ओससुनामाथि लेभान्तेले ३-१ को जित निकाल्दा एट्लेटिको बिल्बाओले एइबारलाई २-१ ले पराजित गरेको छ।
सेभियाले काडिजलाई ३-१ ले हराउँदा सेल्भा भिगो र रियल भलडोलिडले १-१ गोलको बराबरी खेलेका छन्।