म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा ब्राइटनलाई १-० गोलले पराजित गरेपछि सिटी तेस्रो स्थानमा पुगेको हो।
सिटीको जितमा फोडेनले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४४ मिनेटमा गोल गरे। केभिन डे ब्रुनाले उपलब्ध गराएको पासमा फोडेनले गोल गरेका थिए।
लिगमा सिटीको यो लगातार चौथो जित हो।
यता टोटेनहम भने बराबरीमा रोकिएको छ। टोटेनहमलाई फुलहमले १-१ गोलको बराबरीमा रोकेको हो।
प्रिमियर लिगको अंक तालिकामा म्यानचेस्टर युनाइटेड १७ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ।
तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको १६ खेलबाट ३२ अंक भएको छ।
३२ नै अंक जोडेको लेस्टर सिटी चौथो स्थानमा झरेको छ। एभर्टन पनि ३२ अंक जोडेर पाँचौ स्थानमा छ। छैटौं स्थानको टोटेनहमले ३० अंक बटुलेको छ।