राष्ट्रिय लिग २०८२ मा शनिबार ए डिभिजन लिगको नवप्रवेशी प्लानिङ ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
शीर्ष डिभिजनको पहिलो खेलमा जित निकाल्ने क्रममा प्लानिङ ब्वाइजले पुलिसमाथि १-० गोलको जित निकाल्यो।
उसको जितमा शंकर थारु नायक सावित भए। उनले खेलको ५३ मिनेटमा गरेको गोल निर्णायक बन्दा प्लानिङ शीर्ष डिभिजनको पहिलो खेलमा जित निकालेको हो।
यसअघि शनिबार नै मनाङ मर्स्याङदी क्लबमाथि त्रिभुवन आर्मी क्लबले सानदार जित दर्ता गराएको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले ५-० गोलको जित निकालेको हो।
आर्मी १५औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लियो। आर्मीका लागि नवीन लामाले पेनाल्टीमा गोल गरेका थिए।
निराजन धामीले दुई गोल गर्न सफल भए। उनले खेलको ३४ मिनेटमा अग्रता दोब्बर पर्दा ७७ मिनेटमा अर्को गोल गरे।
त्यसअघि नवयुग श्रेष्ठले ६७ मिनेटमा गोल गर्दा जिलेस्पीजंग कार्कीले पहिलो हाफको इन्जुरी समयमा पाँचौ गोल गरे।
त्यसअघि दिनको पहिलो खेलमा एन्फा प्रेसिटेन्ड लिगका दुई टोली चित्लाङ एफसी र नव जन जागृतिबीचको भिडन्तमा चित्लाङले २-१ गोलको जित निकाल्यो।
चित्लाङका लागि सोलोमनले ६२ मिनेटमा गरेको गोल निर्णायक सावित बन्यो। त्यसअघि बाबाटुन्डेको गोलबाट चित्लाङले अग्रता लिए पनि नव जन जागृतिका उदित नारायनले ३६ मिनेटमा बराबरी गोल गरेका थिए।
लिगमा एन्फा प्रेसिडेन्ट लिगका चार टोली र ए डिभिजन लिगमा १३ टोली गरी १७ टोली सहभागी छन्।